नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन-नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर पुगेको छ ।

कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ ।

बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सर्तक रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सर्तकता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । उहाँले भन्नुभयो, “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ ।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षीत स्थानमा बस्नका लागि आग्रह गरिएको बताउनुभयो  । उहाँका अनुसार तत्काल उद्धारका लागि तयारी अवस्थामा सुरक्षा निकाय रहेका भन्दै अहिले सूचना प्रवाह गर्ने, पूर्वतयारीका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध