टी–२० वरियतामा नेपालको सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

टी–२० वरियतामा नेपालको सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ ।

शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो ।

नेपाल अब टी–२० अन्तरराष्ट्रिय वरियताको चौधौ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको हो ।

शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्‍यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

टी–२० वरियतामा नेपालको सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

टी–२० वरियतामा नेपालको सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रतिकूल मौसमका कारण उडान प्रभावित

प्रतिकूल मौसमका कारण उडान प्रभावित

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन