कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ-भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको धादिङको कृष्णभीर सडकखण्डमा पुनः पहिरो खस्न थालेको छ । लगातार दुई दिनदेखि परेको वर्षाका कारण कृष्णभीरमा माथिबाट पहिरो खस्न थालेको हो ।

फोटो- शिव सिलवाल/ नेपालटिभी अनलाइन

पहिरोका कारण सडकको तलतर्फ निर्माण गरिएको सपोर्ट वालसमेत भासिएको छ । वर्षा निरन्तर भइरहेकाले सडकखण्ड थप जोखिममा परेको छ ।

यसैबीच, पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण राजमार्गको ठाउँ–ठाउँमा पहिरो तथा गेग्रान खसेर सडक अवरुद्ध भएको हो ।

फोटो- शिव सिलवाल/ नेपालटिभी अनलाइन

सडकमा पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सञ्चालनमा समेत समस्या भएको छ । राजमार्ग खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक मर्मतको काम अघि बढाउने तयारी गरेको छ ।

वर्षा अझै जारी रहेकाले कृष्णभीरलगायत पृथ्वी राजमार्गका जोखिमयुक्त सडकखण्डमा थप पहिरो खस्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर