लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाडौः हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको र यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ । त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका अधिकांश तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानका साथै मधेस प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पनि महाशाखाको पूर्वानुमान छ ।
लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहनुका साथै मधेस प्रदेशका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।

मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान महाशाखाको रहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

प्राविधिक – सार्वजनिक सेवा प्रसारण संस्था

प्राविधिक – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह