तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणलाई बाढीको जोखिमसम्बन्धी पूर्वजानकारी लिनका लागि टोल फ्री नं ११५५ सञ्चालनमा ल्याइएको छ ।

बाढी र मौसमसम्बन्धी आधिकारिक ‘अपडेट’का लागि आधिकारिक ‘फेसबुक पेज’हरू Nepal Flood Alert तथा Nepal Weather Forecast  एवं ‘वेबसाइट’हरू hydrology.gov.np र dhm.gov.np बाट नियमित बुलेटिन तथा सूचनाहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधिमा महत्वपूर्ण विस्तार गरेको छ । यही असोज ७ गतेदेखि नै लागू हुने गरी प्रमुख नदीहरूमा बाढी पूर्वानुमानको समयावधि साबिकको तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ ।

त्यसैगरी, देशभरका स-साना नदीहरूमा आउने आकस्मिक बाढीको जोखिम पूर्वानुमानको समयावधि पनि एक दिन (२४ घण्टा) बाट बढाएर दुई दिन (४८ घण्टा) सम्म विस्तार गरिएको मन्त्रालयले जनाएको छ । पूर्वानुमानको समयावधि थपिएसँगै सम्भावित बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी

अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी

वर्षाका कारण पृथ्वी राजमार्ग राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द

वर्षाका कारण पृथ्वी राजमार्ग राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द