प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात  छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ । सबै खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ ।

—

Source link

संबधित खबर

धेरै पढ़िएको

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो,पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर