शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ- आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको छ। त्यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार उक्त मौसमी प्रणालीको मुख्य प्रभाव असोज ९, १० र ११ गते रहनेछ। यसको प्रभाव विशेषगरी बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा बढी पर्ने देखिएको उहाँले जानकारी दिनुभयो।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको दाङभन्दा पूर्वी भूभागदेखि नवलपुरसम्म, कर्णाली प्रदेशको पूर्वी भूभाग तथा सुदूरपश्चिम प्रदेशका दक्षिणी पहाडी र तराई भूभागमा समेत वर्षाको प्रभाव पर्ने देखिएको छ।

बागमती प्रदेशको चितवन आसपासका क्षेत्र तथा यसअघि नै बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले समेत थप असर पुर्‍याउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस अवधिमा भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यस वर्ष मनसुन केही दिन पछाडि धकेलिन सक्ने मौसम विभागले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै

‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई