Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार




काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ।

उत्तरगया गाउँपालिका–३ निवासी ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका–४ निवासी २६ वर्षीया अप्सरा भट्टमा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हवाई उद्धार गरिएको हो।

दुवै महिलालाई हेलिकप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइँदैछ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन चुनौती उत्पन्न भएको छ।

यस्तो कठिन परिस्थितिमा जटिल स्वास्थ्य समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षाका लागि आवश्यक समन्वय गर्दै उद्धार तथा उपचारको व्यवस्था मिलाइएको छ।

Source link

तपाईंको प्रतिक्रिया