अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता




काठमाडौँ अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ ।

भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ भारतका मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो । साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ ।

बिहीबार उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपाल–भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो । शुक्रबार उहाँ पूर्वविदेशसचिव श्यामशरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

त्यसै दिन उहाँले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । सोही दिन साँझ भारत व्यापार संम्बर्धन सङ्गठनका अध्यक्ष जावेद असरफले आयोजना गर्नुभएको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री डा वाग्ले सहभागी हुनुभएको थियो । सोही दिन दिउँसो उहाँले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गर्नुभएको थियो ।

शनिवार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री डा वाग्ले सहभागी हुनुभएको थियो । आजै उहाँले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउनुभएको थियो । आजै उहाँ दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

आरोहण टोली धवलागिरि आधार शिविरमा

आरोहण टोली धवलागिरि आधार शिविरमा

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ