भारत,चीन लगायत १३ देशमा राजदूत नियुक्तिको सिफारिस

भारत,चीन लगायत १३ देशमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौँ- मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।

जसमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको छ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भारत,चीन लगायत १३ देशमा राजदूत नियुक्तिको सिफारिस

भारत,चीन लगायत १३ देशमा राजदूत नियुक्तिको सिफारिस

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता