माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

काठमाडौं – रसुवाको भोटेकोसीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलबाट ६ वटा शव फेला पारिएको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो।

उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी जाली काटेर शवहरूलाई टनेलबाट बाहिर निकालेको जनाएको छ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि सोही क्षेत्रमा खोजी कार्य जारी राखिएको छ। उद्धार टोलीले टनेलभित्र थप व्यक्ति फसेको हुनसक्ने आशंकामा खोजीलाई निरन्तरता दिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन