Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

ग्यास मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्यास मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह




काठमाडौँ– नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गरेको हो ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर ग्यास बिक्री गर्दै आएका थिए ।

Source link

तपाईंको प्रतिक्रिया