Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल




काठमाडौँ, १ असोजः रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीकाअनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका लागि प्रारम्भिक छलफल भइरहेको हो ।

सिंहदरबारस्थित शिक्षा समितिको हलमा सो छलफल जारी छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच आवश्यक परामर्श भइरहेको छ ।

Source link

तपाईंको प्रतिक्रिया