पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विगत तीन दशकमा मुलुकले हासिल गरेको प्रगतिलाई तुलनात्मक अध्ययनमार्फत मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

देउवाले विज्ञप्तिमार्फत तीन दशकअघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएका परिवर्तनलाई तुलनात्मक रूपमा हेर्नुपर्ने बताएका हुन्।

उनले सीमित स्रोत र साधनका बीच पनि नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै विकास, परिवर्तन र उपलब्धिको मूल्याङ्कन गर्ने प्रभावकारी आधार तुलनात्मक अध्ययन भएको बताएका छन्।

विगत ३५ वर्षको राजनीतिक संक्रमण र त्यसक्रममा राजनीतिक दलहरूले गरेका कामको वस्तुगत समीक्षा गर्दै मुलुकको अवस्थालाई हेर्नुपर्ने देउवाको भनाइ छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत राजनीतिक दलहरूले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि यही वस्तुगत समीक्षाबाट प्राप्त हुने उनले बताएका छन्।

तर प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्ने अवस्था नरहेको देउवाले स्पष्ट पारेका छन्। जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न तथा मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउन नयाँ सोच, ऊर्जा र प्रतिबद्धतासहित अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

उपलब्धिको समीक्षा गर्दा इतिहास र यथार्थलाई बिर्सन नहुने देउवाले बताएका छन्।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु, ४ जना घाइते

काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु, ४ जना घाइते

बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी

बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी

डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि सुरु हुँदै

डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि सुरु हुँदै