त्रिभुवन राजपथमा पनि सडक भासियो,एकतर्फी सुचारु

हेटौंडा-पृथ्वी राजमार्ग अवरुद्द हुदा हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको पुरानो राजमार्ग त्रिभुवन राजपथमा पनि सडक भासिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक सडक तलबाट भासिएपछि त्रिभुवन राजपथमा सवारी आवागमन प्रभावित भएको हो । सडक भासिएसँगै उक्त सडकखण्डमा हाल एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि ठूला यात्रुवाहक तथा भार बोकेका सवारी साधन त्रिभुवन राजपथ हुँदै सञ्चालन भइरहेका बेला सडक भासिएपछि यातायात व्यवस्थापनमा थप चुनौती देखिएको छ ।

सडक विभागसँग समन्वय गरी भासिएको सडकखण्डमा ट्र्याक निर्माण तथा सडक सुचारु गर्ने काम अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिभुवन राजपथमा पनि सडक भासियो,एकतर्फी सुचारु

त्रिभुवन राजपथमा पनि सडक भासियो,एकतर्फी सुचारु

क्षतिपूर्ति मूल्याङ्कन समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न व्यवसायीको आग्रह

सघन उपचार कक्षभित्र अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

भारतबाट नेपालले अधिकतम ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न सक्ने

तीजका भाकामा रसुवाको पीडा, विनाशकारी बाढीले फेरिदियो तीजको माहोल

मन्त्री लम्साल – सार्वजनिक सेवा प्रसारण संस्था