
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताउनुभयो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीलक्सनलेनेपाललेभोग्नुपरेकोविषमपरिस्थितिप्रतिदुःखव्यक्तगर्दैन्युजील्याण्डसरकारतथाजनताकातर्फबाटसमवेदनारऐक्यबद्धताप्रकटगर्नुभएकोप्रधानमन्त्रीकोसचिवालयलेजनाएकोछ।

