Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन – Khabarofnepal

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन




काठमाडौँ– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ ।

बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी) तथा रसुवागढी, बेत्रावती र त्रिशूलीमा एक एक वटा गरी पाँच  फाइबर क्याबिनेट (एफडीसी) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो । बाढीका कारण ती क्षेत्रमा नेपाल टेलिकमका कुल एक हजार ५४४ वटा एफटीटीएच लाइन पूर्णरूपमा प्रभावित भएका थिए ।

विपद्लगत्तै नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी नेटवर्क मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको थियो । हालसम्म प्रभावितमध्ये एक हजार ९३ एफटीटीएच लाइन पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार यससँगै पहिलो चरणको सेवा पुनःसञ्चालनकार्य सम्पन्न भएको छ । बाँकी प्रभावित लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ ।

प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash

Prabhas Celebrates Birthday Amid Massive Fan Revelry

Udta Teer Day 1 Box Office Collection (Early Updates): Ayushmann Khurrana-Sara Ali Khan Film Records A Slow Start Despite Positive Response! Did It Beat Pati Patni Aur Woh Do Opening? | Udta Teer Box Office Day 1 Collection Sacnilk Early Updates | Udta Teer Opening Day Collection (Day 1) Early Updates | Udta Teer Movie First Day Collection Early Updates | Udta Teer vs Pati Patni Aur Woh Do Box Office

Tu Hai Meri Kiran Opening Day Box Office Collections: Sonakshi Sinha and Zaheer Iqbal starrer takes DISASTROUS start, nets Rs 10 lakh on Day 1