नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत

नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत

काठमाडौँ– प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गर्नुभयो ।

त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराउनुभयो ।

त्यसपछि मन्त्री गौतमले सो विधेयक सभामा प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै मन्त्रीले नेपाल कानुन आयोगलाई कानुन तर्जुमा, कानुनसम्बन्धी अध्ययन अनुसन्धानका क्षेत्रमा उत्कृष्ट निकाय ‘सेन्टर फर एक्सिलेन्स’का रूपमा विकास गर्न मौजुदा कानुन पर्याप्त नभएकाले आयोगको संरचना र कार्य क्षेत्रमा आवश्यक परिमार्जन गरी समग्र कार्यसम्पादनको स्तर सुधार गर्न मौजुदा ऐन संशोधन गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।

त्यसअघि बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी बाढीपश्चातको पुनर्निर्माणका ७ खर्ब बढी रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीपश्चातको पुनर्निर्माणका ७ खर्ब बढी रुपैयाँ आवश्यक पर्ने

नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम

मन्त्रिपरिषद्को बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्रिपरिषद्को बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर