Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै




धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङद्वारा आज यहाँ जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

यही भदौ १० भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए । क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ ।

एकतर्फि सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी –२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरि सडक मर्मत गरिने भएको हो ।

Source link

तपाईंको प्रतिक्रिया