सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङद्वारा आज यहाँ जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

यही भदौ १० भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए । क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ ।

एकतर्फि सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी –२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरि सडक मर्मत गरिने भएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

राहत जुटाउँदै चितवनका स्थानीय पालिका

राहत जुटाउँदै चितवनका स्थानीय पालिका

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी