घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

काठमाडौँ– नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएका तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिनुभएको छ ।

सञ्चारमन्त्री तिमिल्सिना शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिनुभएको हो ।

उहाँले उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गरी उहाँहरूको स्वास्थ्य अवस्था, उपचारका क्रममा कुनै समस्या भएनभएकोलगायत अस्पतालबाट प्राप्त भइरहेको स्वास्थ्य सेवाबारे समेत जानकारी लिनुभएको थियो ।
अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि त्यहाँ ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन् । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ ।

अस्पतालका अधिकारीहरूले बाढीपीडितहरूको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिहरूले अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई गराउनुभएको छ ।

सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

उपचारका क्रममा कुनै समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा अन्य व्यवस्थापन आवश्यक परेमा सरकारले राज्यस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट उद्धार गरिएका घाइते तथा प्रभावितलाई काठमाडौँ ल्याई विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारको निरन्तरता तथा आवश्यक व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

राहत जुटाउँदै चितवनका स्थानीय पालिका

राहत जुटाउँदै चितवनका स्थानीय पालिका

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न सञ्चारमन्त्री अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी