Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ




काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उहाँले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उहाँहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुग्नुभएको थियो ।

गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको उच्च कदर गरिएको उल्लेख गर्नुभएको छ ।
–––

Source link

तपाईंको प्रतिक्रिया