सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह गर्नुभयो ।

राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग भएकाले यसमा सरकार अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । यस्तो अवस्थामा सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई पनि सँगै परिचालन गर्नुपर्ने बताउनुभयो । सुरुङमा अहिले पनि जिवित व्यक्ति हुनसक्ने उल्लेख गर्दै नेता शाही विज्ञ र जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धारको जुट्न सुझाव दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मिथिला नगरपालिकाको ४१ लाख सहयोग

मिथिला नगरपालिकाको ४१ लाख सहयोग

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

११ हजार ९९३ जनाको उद्धार – सार्वजनिक सेवा प्रसारण संस्था

११ हजार ९९३ जनाको उद्धार – सार्वजनिक सेवा प्रसारण संस्था

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारलाई विश्वस्त पार्ने अभियानमा जोड

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारलाई विश्वस्त पार्ने अभियानमा जोड

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा