सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौँ-: भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुनुहुन्छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलकाअनुसार बैठकमा विपद्पछिको पुननिर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठनको प्रक्रिया अघि बढाउने विषय मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ ।

यही भदौ १० गते भोटेकोशीमा आएको बाढी पहिरोलगतै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो ।

उक्त साझा सङ्कल्पको बुँदा नम्बर १० मा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो तथा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ । सोहीअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

उद्धार तथा राहत व्यवस्थापनका करीब ८ हजार संख्यामा प्रहरी परिचालन

उद्धार तथा राहत व्यवस्थापनका करीब ८ हजार संख्यामा प्रहरी परिचालन

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

बाढी प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढीको उद्धार,तीन हजार ९१६ जना सम्पर्कविही

बाढी प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढीको उद्धार,तीन हजार ९१६ जना सम्पर्कविही

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली – सार्वजनिक सेवा प्रसारण संस्था