
काठमाडौँ-रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विपदबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको हो ।
प्राधिकरणका अनुसार विपदमा हालसम्म २७९ जना घाइते भएका छन् भने तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । विभिन्न स्थानबाट घाइतेको उद्धार गरी उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
विपदमा फसेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्राधिकरणको विवरणअनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहलगायतका सुरक्षा तथा उद्धार संयन्त्र परिचालन भएका छन् ।
हवाई उद्धारअन्तर्गत नेपाली सेनाका हेलिकोप्टरबाट विदेशी पर्यटकसहित प्रभावित नागरिकको उद्धार गरिएको विवरणसमेत प्राधिकरणले सार्वजनिक गरेको छ ।


