नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

त्रिशूली (नुवाकोट)- नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।

भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।

ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।”

ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली – सार्वजनिक सेवा प्रसारण संस्था

नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह

विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कडा कारबाही: उद्योगमन्त्री

विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कडा कारबाही: उद्योगमन्त्री