पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

काठमाडौँ- कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाट नजिक नदीले कटान गरेपछि सडक भासिएको हो।

नदीले सडक कटान गरेपछि मुख्य सडक भासिएको हो ।

सडक विभागले मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन सुरु गरेको छ ।

भासिएको सडक निर्माणमा केही दिन लाग्न सक्ने देखिएको छ  ।

राजमार्ग अबरुद्ध पछि सवारिका साधनहरु बाटोमा नै रोकिएका छन् ।

यसै गरि नदिमा पानिको बहाव बड्दा गल्छि गाउँपालिकाको चिरैादिमा चार वटा घरमा क्षति पुगेको छ ।

काठमाडौँ जोडने लाइफलाइन सडक मानिएको पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी गरेको छ ।

कृष्णभीरमा सडक भासिएपछि काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी थालेको हो।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसम विज्ञान विभाग र जल विज्ञान केन्द्रका अघिकारीसँग छलफल

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसम विज्ञान विभाग र जल विज्ञान केन्द्रका अघिकारीसँग छलफल