भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

काठमाडौं – कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा केन्द्र संसदसँग छलफल गर्नुभएको छ ।

मन्त्री चौधरीले आज मन्त्रालयमा संसादहरुसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउन छलफल गर्नुभएको हो ।

मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनु भएको हो । उहाँले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने विषयमा जोड दिनु भएको छ ।

छलफलमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

छलफलमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै राहत वितरणलाई थप व्यवस्थित र शीघ्र बनाउनेमा जोड थियो ।

छलफलमा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समिक्षा बास्कोटा, सांसद सुरेश चौधरी, सांसद जनक सिंह धामी, सांसद ओजस्वी श्रीचन,सांसद धर्म केसी, सांसद अनुश्का श्रेष्ठ, सांसद श्रद्धा कुँवर, सांसद सृजना श्रेष्ठ र सांसद राम लामाको सहभागी हुनुहुनथ्यो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार

आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली