Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्




काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो जानकारी अनुसार ६१६ जनाको शव फेला परेको छ भने २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन ।

मृत्यु हुनेमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ।

 खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा भइरहेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीले जनाएको छ ।।

Source link

तपाईंको प्रतिक्रिया