बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

काठमाडौँ- भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परेका हालसम्म ६२ वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

बागमती प्रदेशभित्र ५३ शब भेटिएको र यस बाहेक गण्डकी प्रदेशको गोरख.तनहुँ खण्डमा ९ गरी हाल सम्म ६२ जानको शब फेला परेको बागमती प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र धमलाले नेपालटिभी अनलाइलाइनलाई जानाकारी दिनुभयो ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीय समेत खटिएका छन् । भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकाहरुको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका छन् ।

यस्तै बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन् ।

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी पनि सम्पर्क विहीन भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता