प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गर्नुभएको छ।

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्‍याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको छ।

​भेटमा त्यस क्षेत्रका सांसदहरूले आ-आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको थियो।
​त्यसअघि, प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे उच्चस्तरीय जानकारी लिनुभएको थियो।

​बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराउनुभयो।

​सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोलीहरू परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै