
काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे नेपाली सेनासहित सुरक्षा निकायले ब्रिफिङ गरिरहेको छ।
बैठकमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण, उद्धार तथा राहतका लागि भइरहेका प्रयास र सम्भावित जोखिमबारे छलफल हुने बताइएको छ। साथै प्रभावित क्षेत्रमा तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय गरिनेछ।
बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक विवरण आए पनि क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ। बाढी तल्लो तटीय क्षेत्रतर्फ समेत बढेकाले नुवाकोट, धादिङलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

