Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त




काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।

प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले सभामा पेश गर्नु भएको  विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको थियो।  विपक्षमा शून्य मत परेको छ ।

बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।

यसअघि नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ। सहमतिको  बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

Source link

तपाईंको प्रतिक्रिया