हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, २०८३ का लागि आह्वान

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, २०८३ का लागि आह्वान

काठमाडौं -यस वर्षको हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारका लागि प्रस्ताव आह्वान गरिएको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले हरेक वर्ष प्रदान गर्ने एक लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कारका लागि प्रस्ताव आह्वान गरिएको हो ।

देशभरका कुनै पनि टेलिभिजन च्यानलमा कार्यरत पत्रकारले गत २०८२ भदौ १ गतेदेखि २०८३ साउन मसान्तसम्म टेलिभिजनमा प्रसारण भएका कुनै पनि जोखिमयुक्त विषयवस्तु समेटिएको समाचार रिपोर्ट/न्युज स्टोरी वा समाचार सामग्री सहित यहि भदौ ३० गते भित्र प्रस्ताव पठाउन सक्नेछन् ।

प्राप्त भएका सामग्रीहरुको दुई जना विज्ञ, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष, सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका कार्यकारी प्रमुख, नेपाल टेलिभिजन समाचार च्यानलका प्रमुख तथा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन शाखाका अध्यक्ष सहितको ६ सदस्यीय पुरस्कार छनोट समितिले मूल्याङ्कन पछि विजेता घोषणा गर्ने शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन वन राज्यमन्त्री गोपाल राई सहित संरक्षण क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुको निधन भएको घटनामा समाचार सङ्कलन गर्न गएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिलकुमार सिंहको पनि निधन भएको थियो ।

दिवङ्गत सहकर्मीद्वय स्व भण्डारी र सिंहको सम्झनामा नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार कोष स्थापना गरि २०६४ असोज ७ गतेदेखि हरेक वर्ष निरन्तररुपमा प्रदान गर्दै आईरहेको छ ।

पुरस्कारको यो २० औं संस्करण आगामी असोज ७ गते नेपाल टेलिभिजन परिसरमा विशेष कार्यक्रमको आयोजना गरी वितरण गरिने शाखाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, २०८३ का लागि आह्वान

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, २०८३ का लागि आह्वान

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

पहिरोले विभिन्न सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले विभिन्न सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना