पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

काठमाडौँ- पर्यटन व्यवसायीहरुले नेपालको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन ।

नेपालको समग्र पर्यटन तथा ट्राभल व्यवसायलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित यो क्षेत्रमा काम गर्नेहरुको साझा संगठन नाट्टामा नयाँ नेतृत्व चयन भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सन् २०२६-२०२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको स्वागत गर्न आयोजित विशेष कार्यक्रममा व्यवसायीहरुले यस क्षेत्रका समस्या र अवसरहरुको पहिचान गरीन नयाँ ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

नाट्टाको केन्द्रीय सचिवालयमा आयोजित उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष कुमारमणि थपलियाले नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेसहित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा स्वागत गर्नुभएको थियो ।

योसँगै संस्थाको विगतको अनुभव र नयाँ नेतृत्वको सोचलाई जोड्दै नाट्टाको नयाँ अध्यायको सुरुवात भएको छ ।

५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा भरतजंग पाण्डे, वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सह–कोषाध्यक्ष/सह–सचिव पदमा जीवन कोइराला निर्वाचित हुनुभएको छ।

यसैगरी ८ सदस्यीय कार्यसमिति सदस्य पदमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले संस्थाको गरिमामय इतिहासलाई निरन्तरता दिने विश्वास व्यवसायीहरुले गरेका छन ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सेवा प्रवाह र प्रविधि विकासमा उल्लेखनीय प्रगति

सेवा प्रवाह र प्रविधि विकासमा उल्लेखनीय प्रगति

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने

९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य थप गर्ने रास्वपाको निर्णय

९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य थप गर्ने रास्वपाको निर्णय

पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’

पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’