सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफल’मा उहाँले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो ।

सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो ।

कुनै पनि राष्ट्रसेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुने र पछि सफाइ पाउने अवस्थाले व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा गम्भीर क्षति पुगेको उहाँको भनाइ थियो । यसरी परेको क्षतिको परिपुरण कसरी गर्न सक्छौँ ? भनेर सभापति लामिछानेले प्रश्न गर्नुभयो।

उहाँले अनुसन्धान र अभियोजनमा मेहनत गर्न अख्तियारका पदाधिकारीहरुलाई आग्रह पनि गर्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

धादिङबेँसी-सुनौलाबजार-गल्छी सडक अवरुद्ध, बस्तीसमेत जोखिममा

धादिङबेँसी-सुनौलाबजार-गल्छी सडक अवरुद्ध, बस्तीसमेत जोखिममा

बालिका हत्याको विषयलाई लिएर बारामा स्थानीयको विरोध

बालिका हत्याको विषयलाई लिएर बारामा स्थानीयको विरोध

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

नौवटा संसदीय समितिको बैठक बस्दै

नौवटा संसदीय समितिको बैठक बस्दै

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै