भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

काठमाडौँ-प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उहाँकी धर्मपत्नीले बिदाइ गर्नुभएको थियो । भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । उहाँले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो ।

सेनाध्यक्ष सेठको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह नजाने,परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने

राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह नजाने,परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती