लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।

मुख्यमन्त्री आचार्यलाई नेपाल कम्युनिष्ट पाटी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेशसभामा कायम ८३ मध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुभयो ।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभएको थियो ।

बैठकको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभएको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भने तटस्थ रहनुभएको थियो ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

राष्ट्रपतिद्वारा भारतका सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपतिद्वारा भारतका सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण – सार्वजनिक सेवा प्रसारण संस्था

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण – सार्वजनिक सेवा प्रसारण संस्था