Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम




काठमाडौँ– प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको  कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो ।

 प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नु पर्नेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्।

सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक-एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्। अर्थात्, प्रश्नोत्तरमा सत्तारूढ रास्वपाका धेरै सांसदले भाग लिन पाउने छन्  ।

यस अघि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देश गर्नु भएको थियो ।

Source link

तपाईंको प्रतिक्रिया