राष्ट्रपतिद्वारा भारतका सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुग्नुभएको हो ।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

राष्ट्रपतिद्वारा भारतका सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपतिद्वारा भारतका सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण – सार्वजनिक सेवा प्रसारण संस्था

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत आज दोस्रो चरणका विजेताको छनोट

बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँको राजीनामा

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज