सङ्घीय संसद्का दुवै सदनको बैठक आज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह र भारतीय सेनापति सेठबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय सेनापति सेठबीच भेटवार्ता

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा