एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजन र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबीच सहकार्य गर्ने गरी सम्झौता भएको छ । यी दुई संस्थाबीच कृषिसँग सम्बन्धित कार्यक्रम निर्माण तथा प्रसारण गर्ने विषयमा सम्झौता भएको हो ।

सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनको कार्यालयमा भएको कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौत र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सवनम शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले नेपाल टेलिभिजनसँग कृषि सूचना तथा प्रशिक्षण केन्द्रको लामो सहकार्य रहेको र यसलाई अझै दिगो र प्रभावकारी बनाउन आपसी समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्ने बताउनु भयो ।

उहाँले कार्यक्रम निर्माण गर्दा गुणस्तर कायम गर्न पनि सुझाव दिनुभयो।

यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले कार्यक्रममार्फत कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले कार्यक्रममा सफलताको कथा समेट्न र प्रस्तुतिमा सुधार गर्न थप मेहनेत गर्ने उल्लेख गर्नुभयो ।

साथै, कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख शिवाकोटीले कृषि क्षेत्रका विविध गतिविधि समेटिएको कार्यक्रम प्रसारण गर्नेगरी सम्झौता गरिएपनि निरन्तर समन्वय र सहकार्यमा कार्यक्रम प्रभावकारी बनाउन आफुहरु प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

सम्झौता पत्रमा खासगरी कृषिसँग सम्बन्धित बिषयहरु बाली, पशुपालन, बागवानी, मत्स्य तथा खाद्य प्रविधि र कृषि कर्जा तथा बीमा जस्ता विषयमा निर्मित कार्यक्रम हप्ताको ६ दिन प्रसारण गरिने र एकदिन टेलिफिल्म प्रसारण गर्ने उल्लेख छ।

नेपाल टेलिभिजन र कृषि सूचना तथा प्रशिक्षण केन्द्रवीच विक्रम सम्बत् २०५५ सालदेखि निरन्तर सहकार्य हुँदै आएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था

ग्याँसको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्याँसको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको छः प्रहरी महानिरीक्षक कार्की

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको छः प्रहरी महानिरीक्षक कार्की

राष्ट्रियसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रियसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो