दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक साउन २४। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट बुधबार साँझ सुनकोशी नदीमा बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ।

उनको शव ओखलढुंगाको सीमाक्षेत्रस्थित सुनकोशी नदीमा भेटिएको प्रहरीले जनाएको छ । ओखलढुंगाको सुनकोशी नदीकिनारामा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएको थियो । पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको प्रहरीको भनाइ छ ।

तिलकुमारीसँगै नदीमा बेपत्ता भएका उनका ६८ वर्षीय श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासीले उनको निरन्तर खोजतलास गरिरहेका छन्।

प्रारम्भिक जानकारी अनुसार मृतक तिलकुमारी लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन ।केदारनाथले उनलाई पिठिउँमा बोकेर दोलालघाटसम्म पुऱ्याई नदीमा हाम फालेको प्रत्यक्षदर्शी र सीसीटीभी फुटेजका आधारमा खुलेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र बेपत्ता केदारनाथको खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:

संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर