एभरेष्ट मार्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौँ- स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाखबराबरको जरिवाना गरेको छ ।

अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ । यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, सो फर्मलाई यही साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्री वितरणको विवरण, खरिद बिक्री बिलसमेत लिएर तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।

विभागले अन्य व्यावसायिक फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

पछिल्ला दिनमा खाना पकाउने ग्यासमा देखिएको समस्या समाधानका लागि विभागले अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाएको छ । अनुगमन तथा निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशक एवं कारबाही गरिएको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन