राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

काठमाडौं– राहदानी ऐन अन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ पर्नु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेश गरिएका यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) माथि शंका उत्पन्न भएपछि राजदूतावासले यात्रा अनुमति पत्र अनुसन्धानका लागि सीआईबीलाई पठाएको थियो।

अनुसन्धानका क्रममा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका भट्टराईको यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा संलग्नता देखिएको सीआईबीले जनाएको छ। हाल उहाँ परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत हुनुहुन्छ ।

सीआईबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत गत साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उहाँ विरुद्ध अभियोगपत्र दायर गरेको थियो।

अदालतमा प्रतिवादी कायम भएका भट्टराईलाई सोमबार काठमाडौं महानगरपालिका–त्रिपुरेश्वरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ