पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

पर्सा- पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाको तोकिएको चारकिल्लाभित्र पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाउँदै निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार जारी गर्नुभएको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम साउन १५ गते साँझ ५ बजेदेखि साउन १६ गते बिहान ६ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वी सीमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको छ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

सरकारले स्थानीय तह र प्रदेशको अधिकारलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था