सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

काठमाडौँ- प्रधानमन्त्री कार्यालयले हिंसा, उत्तेजना र भ्रामक सूचनाबाट प्रभावित नहुन तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम र सर्वसाधारणसँग अपिल गरेको छ।

 कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले छानबिन समिति गठन गरेको उल्लेख छ ।

साथै, सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीउपर कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते