पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरी- देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना समेत परिचालन गरिएको छ भने जिल्लाका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

घटनाको प्रभावले सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा तनाव देखिएको छ भने पूर्व–पश्चिम राजमार्गका केही स्थानमा सवारी आवागमनसमेत प्रभावित भएको छ।

यसैबीच, घटनापछि सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, इनरुवामा बसेको सर्वपक्षीय बैठकले सबै पक्ष संयमित भई सामाजिक सद्भाव कायम राख्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति गरेको छ।

बैठकले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रालयद्वारा गठन गरिएको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ।

साथै, घटनालाई लिएर उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले संयम अपनाउने, अफवाह फैलिन नदिने र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएका छन्।

बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका सरोकारवालाको सहभागिता रहेको थियो। स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने तथा कुनै पनि प्रकारका उत्तेजक गतिविधि हुन नदिने विषयमा समेत छलफल भएको प्रशासनले जनाएको छ।

उता, गृहमन्त्रालयले पनि कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिन गर्न सोमबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिले घटनाको कारण, सुरक्षा व्यवस्थापन तथा गोली चलाउनुपरेको परिस्थितिसहित समग्र घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु