कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै शाहलाई पक्राउ नगर्न निर्देशन दिएको हो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।

यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। रिटमा गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाइएको छ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै हालका लागि शाहको पक्राउ प्रक्रिया रोकिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

अस्ट्रेलियामा दुर्लभ जस्तै मानिने चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ जस्तै मानिने चम्ल्याहा छोरीको जन्म

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो ,सरकारलाई दिएको समर्थन फिर्ता

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो ,सरकारलाई दिएको समर्थन फिर्ता

पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठनमा प्रधानमन्त्री शाह सकारात्मक

पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठनमा प्रधानमन्त्री शाह सकारात्मक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ