प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

काठमाडौँ- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ ।

संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

समितिको आजको बैठकले साउन १२ गते आयुक्तद्वय र साउन १३ गते प्रमुख आयुक्तको संसदीय सुनुवाइ गर्ने कार्यसूची स्वीकृत गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तद्वयले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नुहुनेछ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी परे तापनि प्रस्तावित आयुक्तद्वयका सम्बन्धमा कुनै सिकायत प्राप्त नभएको समितिले जनाएको छ ।

समितिले गत असार २५ गते उहाँहरुका सम्बन्धमा सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो । समितिको कार्यविधिअनुसार आजको बैठकमा प्राप्त उजुरी खोलेर अध्ययनका लागि वितरण गरियो ।उनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी – सार्वजनिक सेवा प्रसारण संस्था

गगन थापा – सार्वजनिक सेवा प्रसारण संस्था

गगन थापा – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने