सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ- सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।

कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले रु २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ ।

यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ  तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ रुपैयाँ उपलब्ध गराएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ रु ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ रु ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ ।

पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना